कामीरिता शेर्पाले चढे २७ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमानी

काठमाण्डु टुडे २०८० जेठ ३ गते १३:११ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथा आरोहण गरेका छन । उनले २७ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन ।

कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २६ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका छन ।

उनले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक हिस्साको रूपमा २७ औं पटक सगरमाथाको आरेहण गर्न सफल भएका हुन ।

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।

जनवरी २, १९७० मा जन्मेका उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us