टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाण्डु टुडे २०८० जेठ १ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा पुराएको छ।

(आइतबार) राति काठमाण्डुको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाण्डु जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाण्डु लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us