
काठमाण्डु,३१ वैशाख- धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
धनकुटाको चौविसे गाउँपालिका– ५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका हुन । घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन् ।
इलाका प्रहरी कार्यालय राजारानीका अनुसार मौनाखोला नजिकको जंगलमा उनीहरुमाथि चितुवाले आक्रमण गरेको थियो ।घाइते मध्य मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।