मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डु टुडे २०८० वैशाख ३१ गते १६:२९ मा प्रकाशित

काठमाण्डु,३१ वैशाख- कृषि विज्ञ मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ ।

आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको म्याद प्रदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिइको छ।

यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए । राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us