कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरमा

काठमाण्डु टुडे २०८० वैशाख ३१ गते १५:५७ मा प्रकाशित

काठमाण्डु,३१वैशाख- प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

आइतबार सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । जारी बैठकमा सोमबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीका बारेमा समेत छलफल हुने बताइको छ।

प्रतिनिधि सभाको बैठक जेठ १ गते सोमबार १ बजे बस्दैछन् । त्यस्तै जेठ ३ गतेको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us