भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्छ: बामदेव गौतम

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १६:१४ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– राष्ट्रियसभा सदस्य बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन ।

उनले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनै पर्ने पनि बताएका छन । डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तकको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले भारतले नेपालको धेरै भूगोल मिचेको बताएका छन । उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने स्पष्ट पारेका छन ।

उनले भने, ‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरूको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो ।

र, नक्सा जारी गरेर संसारको अगाडि देखाउनु पर्छ भनेर निर्णय गरेर त्यो नक्सा जारी गरियो । सरकारको नीति तथा कार्यक्रममा समावेश गरियो । र, संसद्ले सर्वसम्मतिले पारित गर्‍यो । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले त्यसलाई पारित गरेको छ ।

र, त्यो आज नेपालको भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन । अव मान्न पर्छ कि नेपालले भारतको मिचाहा प्रवृत्ति अतिक्रमणका गरिएको भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू तुरुन्त फिर्ता भएर भारतमा जानुपर्छ । त्यो हाम्रो भूमिका बस्न पाइन्न भन्ने विषय हाम्रो आजको विषय हो ।

त्यसो भएर हामीले त्यसो गर्ने कि नगर्ने, त्यो चिजमा जाने कि नजाने ?’ ‘उहिले इशापूर्व पाँचौँ शताब्दीमा गौतम बुद्धलाई घर छोडेर हिँडने बनाउने एउटा घटना हो ।

त्यहाँ रोहीनी नदी छ । त्यो रोहीनी नदीभन्दा पूर्व र पश्चिमतिर शाक्य राज्य बीच झगडा भयो । र, यति सानो विषयमा हामीले युद्धमा जानु हुन्छ भनेर भन्दाखेरी पूर्वीयतर्फको सदनले पास गर्‍यो–यो शाक्य पक्षले हाम्रो सबै पानी लिएर गयो भन्ने विषय होइन ।

विषय सार्वभौमिकताको विषय हो । ’गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us