थप १७ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १६:१७ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेको पनि मन्त्रायले जानकारी दिएको छ ।

कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us