
काठमाण्डु ,२६ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी ८१ बर्सिया आमा दिलमाया श्रेष्ठको मंगलबार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दिलमाया केही समययता मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थीइन । उनको केही समययता सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।
दिलमायाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर काजकिरीया भने गोरखाको बोर्लाङमा गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय दिलमायाका श्रीमानसहित एक छोरा र एक छोरी छन् ।