लोकसेवाको डाटा कसरी हरायो ?लापरबाही गर्नेलाई कारबाही होस् : निशा डाँगी

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १३:१२ मा प्रकाशित

काठमाण्डु ,२६ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डाटा गायब भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु रु र पुनः फारम भर्न लगाउनु हदैसम्मको लापरबाही भएको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाहीको माग गरेकी छन्।

उनले भनिन्,- ‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डाटा हराएको छ । डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डाटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ।

विश्वमा प्रविधिले यस्तो फट्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु ? र अन्तिममा आएर पुन फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो यो ?

उनले स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको बताएकी छन।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us