
काठमाण्डु ,२६ वैशाख- दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।
ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये डोटीको जोरायल गाउँपालिका–२भर भयकी २८ वर्षीया ईश्वरी थापाको शव भेटिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेर पोष्मार्टमका लागि अस्पताल पठाएको छ । यसअघि सो ठाउँमा ३ जनाको शव भेटिएको थियो ।