बलिउड अभिनेता आमिर खान काठमाण्डुमा

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १५:४१ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख-   बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्।

आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी नेपाल आइका स्रतले जानकारी दिएको छ। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाण्डु आएका हुन्। स्रोतका अनुसार उनको आज ७ बजेदेखि सिविर सुरू हुनेछ भने १८ तारिखमा सिविर सकिनेछ।

उनी १० दिन मौन बस्नेछन्। यसबीच उनलाई केही अत्यावश्यक सामान चाहिएमा स्वयमसेवीसँग कुरा गर्न पाउनेछन्। त्यस्तै गुरूसँग पनि बोल्ने पाउनेछन्। आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us