बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २३ गते १३:२३ मा प्रकाशित

बर्दिया , २३ वैशाख– प्रहरीले बर्दियाको राजापुर नगरपालिका–९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय शनिराम चौधरी र २६ वर्षीय राधेश्याम चौधरी रहेका छन । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

अर्का एक सहयोगी राधेश्याम चौधरी पनि बिहीबार पक्राउ गरीएको प्रहरीले बताएको छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us