मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका–५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डल रहेका छन ।

हेटौँडा–कुलेखानी–काठमाण्डु सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाण्डुबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी मलाहा र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै मृत्यु भएको कार्कीले जानकारी दिएका छन । मृतक दुवैको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us