दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २१ गते ११:५३ मा प्रकाशित

दाङ, २१ वैशाख– दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन ।

यस्तै करेन लाग्दा दुई जना घाइते भएका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका–६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिएका छन ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले जानकारी दिएका छन । मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।

त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका–४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन ।

उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us