विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढौं: परराष्ट्रमन्त्री साउँद

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १५:१८ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन ।

परराष्ट्रमन्त्री बनेपछि आज पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले यस्तो बताएका हुन । उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताएका छन ।

उनले भने, ‘ विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ”, मन्त्री साउदले भने ‘अहिले दश पार्टी मिलेर सरकार बनाएकाँ छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।’

उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने कामसरकारले अघि पनि बताएका छन । उनले भने, ‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ, यो अस्पताल प्रतिष्ठान मात्र नभई यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us