माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १२:०८ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय दानबहादुर चुनारा रहेका छन ।

शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट चुनाराको मृत्यु भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु भएको जानकारी दिएको छ ।]

करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us