
काठमाण्डु,१४ वैशाख– राष्ट्रिय सभाको बैठक आज बिहिबार पनि बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार दिउँसो १ राष्ट्रिय सभा बैठक बस्न लागेको छ ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।