चितवन–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्रप्त गरे भने एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्रप्त गरेका थिए ।

लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्रप्त गरेका थिए ।

४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा रविले४९ हजार ३०० मत प्रप्त गरेका थिए । चितवन–२ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us