
काठमाण्डु, १२ वैशाख– चितवन–२ को उपनिर्वाचनमा ४ मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ ।
जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार ७९ मत प्रप्त गरेका छन । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो ।
मंसिरमा उनले ४९ हजार ३०० मत मात्र प्रप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेको थियो ।
चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो । जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्रप्त गरेका छन ।