
काठमाण्डु, १२ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन ।
चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका छन ।
उनले भने, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन ‘सरकारमा जाने त सम्भावनै छैन ।’
उनले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताएका छन ।तर, काठमाण्डु फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनले बताएका छन ।