कांग्रेस उम्मेदवार श्रेष्ठले रविलाई दिए बधाई

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– चितवन–२ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाइ दिएका छन् ।

३७ हजारबढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भएको छ । मतगणना स्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाइ दिएका छन ।

उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रुपमा रविको राम्रा काममा सहयोग रहने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us