ट्रकको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक छन ।

आज (सोमबार) दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले खैराचोकमा लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमकाले जानकारी दिएका छन ।

चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गौतमले जानकारी दिएका छन ।

ट्रक चालक नवलपरासीको सरावल गाउँपालिका–३ पिपराका २८ वर्षीय ध्रुवकुमार यादवलाई नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us