३ जना फरार प्रतिवादीलाई पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १२:२१ मा प्रकाशित

झापा,४ वैशाख– प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास रहेका छन ।

दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर भएका नरबहादुर कार्कीलाई बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद र २५ सय जरिवाना हुने फैसला गरेको छ । कार्कीले पीडितलाई ३० हजार क्षतिपूर्ति भर्नुपर्ने जिल्ला अदालत झापाको ठहर रहेको छ ।

कर्तव्यज्यान मुद्दामा बुद्ध राई सोरेनलाई जिल्ला अदालत झापाले १ महिना कैद सजाय हुने फैसला गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us