
दाङ,४ वैशाख– दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।
मूत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसी रहेका छन । ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेको आशङ्का गरिएको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लले जानकारी दिएका छन । केसीको घाँटीमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।
एसएलआर आफैँ पड्कियो वा सहायक हवल्दारले आफैँमाथि गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिएका छन । सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर आएका थिए ।