एउटै गाडी चढेर बालकोट पुगे प्रचण्ड-देउवा

काठमाण्डु टुडे २०८० वैशाख ४ गते ११:०५ मा प्रकाशित

काठमाण्डु,४ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास पुगेका हुन । यो भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने नेता हरुले बताएका छन ।

‘एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले आज बालकोटमै गएर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे त्यहीँ छलफल गर्ने कुरा छ, प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us