
काठमाण्डु ,३ वैशाख -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त परराष्ट्र मन्त्री साउद लाई आइतबार अपराह्न शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल,प्रचण्डु, सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उपस्थित थिए।
उनलाई शपथग्रहण कार्यक्रमपछि उनले पदभार सम्हालेछन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्। सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ ।