थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १६:१० मा प्रकाशित

काठमाण्डु ,३ वैशाख- पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार काठमाण्डु उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् ।

आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us