काठमाण्डु ,३ वैशाख- नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा बनाउने भएको छ ।
यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ ।
‘हाम्रो पार्टीको भागमा परेको भौतिक मन्त्रालयमा राज्यमन्त्री पनि पठाउने कुरा भएको छ।उपमहासचिव जगन्नाथ खतिवडाले भने। राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् ।
नन्दाजीले आजै शपथ लिने तयारी छ’। आजै नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्रीका रूपमा शपथ खाँदै छन् ।