कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक: नेम्वाङ

काठमाण्डु टुडे २०८० वैशाख १ गते १८:२० मा प्रकाशित

काठमाण्डु, १ वैशाख– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएका छन ।

हाल नेम्वाङको नेतृत्वमा नेपाली नेताहरुको एक टोली कोलम्बियामा रहेका छन । कोलम्बियाको संक्रमणकालीन न्यायको विषय बुझ्न गएको टोलीले कोलम्बियाका पूर्व राष्ट्रपति, शान्तिका लागि नोबेल पुरस्कार विजेता र शान्ति प्रक्रियाका नायक हुवाँ म्यानुअल सान्तोषसँग भेटवार्ता गरेका छन ।

राष्ट्रपति सान्तोषसँगको बैठकमा नेपाली प्रतिनिधि मण्डलका नेता तथा संविधानसभा अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएको नेता प्रदीप ज्ञवालीलले जानकारी दिएका छन ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवाली पनि कोलम्बिया भ्रमणमा रहेको नेपाली टोलीमा सहभागी रहेका छन । नेपाली टोलीले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्व मन्त्री क्रिस्टो र विभिन्न पीडितÞहरूसँग समेत भेटवार्ता गरेको छ ।

नेपाली टोलीमा नेम्वाङसहित नेताहरु प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा छन् । उनीहरुसँगै रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us