
कााठमाण्डु, २८ चैत- नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ ।
गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभरिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमामात्र उपलव्ध रहेको छ । यो गीत निशुल्क हेर्नकालागी प्लेस्टोर र एप स्टोर बाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
यस एपमा लाईभ टि.भी. लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्यथुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ ।