बारा–२ का मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन: उपेन्द्र यादव

काठमाण्डु टुडे २०७९ चैत २८ गते १२:५३ मा प्रकाशित

काठमाण्डु,२८ चैत– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन ।

घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरेका छन ।

उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’ यादवले यहाँका किसानका लागि सिँचाइ र मल खादको समस्या रहेको बताएका छन ।

उनले यहाँ कृषिमा मात्र होइन, सडक, बाटो घाटो, खानेपानी, शिक्षा स्वास्थ्यको अवस्था पनि त्यस्तै देखिएको बताएका छन । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने यादवले बताएका छन ।

उनले किसानलाई मल, खादको व्यवस्था गर्नुको साथै ग्रामीण भेगसम्म सडक पुर्‍याउने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने एजेण्डाका साथ आफू जनतासमक्ष गएको बताउँदै सडक, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भयो भने यहाँको जनताको जीवनस्तरमा सुधार हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us