
काठमाण्डु,२५ चैत– कांग्रेसका नेता प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन ।
आज (शनिबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन । उनले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताएका छन ।
उनले भने, ‘ हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूर्ण काम गर्नुपर्छ ।
उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन ’। उनले अब सबै युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताएका छन ।
उनले कुनै नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेको बताउँदै उनले सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताएका छन ।
उनले अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने पनि बताएका छन ।
उनले अबको २० वर्षपछि नेपालमा ५५ वर्षभन्दा माथिका उमेर समूह अर्थात निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुने भएकोले सक्रिय जनशक्ति बढी भएको वर्तमान समयमै सोच्नु पर्ने बताएका छन ।