
काठमाण्डु ,२४ चैत- भारतीय र्चचीत गायक हनी सिंह नेपाल आइपुगेका छन् । सिंह चैत २५ गते बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन आज काठमाण्डु आयका हुन ।
युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन सिंह नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक कार्यक्रम गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दियका छन।
धेरै समयदेखि नेपालमा कार्यक्रम गर्ने योजना रहे पनि यसपटक सफल भएको छ, विमानस्थलमा आयोजकसँगै कुरा गर्दै उनले भनेका छन्, भोलि हुने कार्यक्रमका लागि एकदमै उत्साहित भइरहेको छु ।नेपाल भारतको छिमेकी मुलुक भएकाले आफूलाई धेरै मनपर्ने सिंहले बतायका छन।
युनिफाइले ह्यात रिजेन्सीमा हुने कार्यक्रमको पूर्ण रुपमा तयारी भइसकेको जानकारी दिएको छ ।