उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गरौँ: केपी ओली

काठमाण्डु टुडे २०७९ चैत २३ गते ११:१० मा प्रकाशित

काठमाण्डु, २३ चैत– पुर्व प्रधानमन्त्री एव एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचन युवामय भएको बताएका छन ।

बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका छन । ओलीले लेखेका छन् ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ।

धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ । उनले स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन ।

‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन,’ उनले भने, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ।’ उनले चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारलाई शुभकामना पनि दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us