
काठमाण्डु ,२२ चैत- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परीक्षामा फेल भएकाहरूले व्यवस्थामाथि औंला उठाउन नसुहाउने बताएका छन्।
बुधबार पार्टीको प्रचार विभागले आयोजना गरेको सम्पादकहरूसँग भेटघाट कार्यक्रममा बोल्दै नेपालले अगाडि बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेका हरुको उद्धेश्य पूरा हुन नदिने बताए।
‘नयाँ मान्छेले कुनै कुरा उठाउँछ भने सुन्ने लायक पनि हुन्छ,’ अध्यक्ष नेपालले भने, ‘तर जो परीक्षामा फेल भइसकेका छन्, त्यस्ताहरूले यो व्यवस्थामाथि औलो ठड्याउनु सुहाउँदो कुरा भएन।उनले गणतन्त्रविरूद्ध औंला उठाउनेहरूका उद्धेश्य पूरा हुन नदिने बताए।
नेपालले बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेका हरूको उद्धेश्य सफल हुन नदिनका लागि जनतालाई एकतावद्ध हुन अपिल पनि गरे।
‘इतिहासको अगाडि बढिसकेको छ, पछाडि फर्कन सक्दैन। यो उल्टो दिशामा जान सक्दैन,’ अध्यक्ष नेपालले भने, ‘त्यस्ता प्रवृत्तिलाई कुनैपनि हालतमा सफल हुन दिँदैनौं।’