
काठमाण्डु ,२२ चैत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म टिक्ने बतायका छन।
बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले कााठमाण्डुमा आयोजनागरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका छन। सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ रु भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।उनले भने, ‘ यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्।
त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ। तर, तपाईहरु ढुक्क भए हुन्छ यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।’अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताय।
अध्यक्ष नेपालले सत्ता गठबन्धनको पहिलो कर्तव्य संविधानको रक्षा गर्नु रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्धिका पक्षमा काम गर्न सक्नुपर्ने बताए ।
उनले भने, ‘हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं।मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं।
अध्यक्ष नेपालले सरकारले जनपक्षीय काम गर्न र जनताका पीरमार्का सम्बोधन गर्नसके गठबन्धनमाथिका आशंका हटेर जाने बताए ।