राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाण्डु टुडे २०७९ चैत २२ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, २२ चैत– राष्ट्रपति रामचन्द्र पौडेल आज बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका छन ।

राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us