
काठमाण्डु, २२ चैत– प्रहरीले काठमाण्डुबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ ।
काठमाण्डुको टोखा नगरपालिका–३ का ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।