चौतर्फी घेराबन्दीमा छु, केही समय धैर्य गर्नुहोस्: सीके राउत

काठमाण्डु टुडे २०७९ चैत २२ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २२ चैत– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको बताएका छन ।

उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । उनले भनेका छन्, ‘मलाई अलिकति समय दिनोस्–अलिकति धैर्य राख्नुहोस्, घेरामा छु, घाइते छु तर मरिसकेको छैन–हामी विजयी हुनेछौ ।’

उनले युद्ध नटुंगिएको भन्दै आफू अझै जीवनको कुरुक्षेत्रमा रक्ताम्मे भएर संघर्ष गरिरहेको बताएका छन । उनले आफू विभिन्न पार्टी, नेता, सामाजिक संरचना, यथास्थितिवादी, मिडिया, शक्ति केन्द्र, साइबर सेलको निरन्तर आक्रमणमा रहेको समेत बताएका छन् ।

आर्थिक, सामाजिक तथा अन्य विभिन्न समस्याले पनि पिरोलिएको उनले बताए । उनले जनताको अपेक्षा ठूलो रहेको उल्लेख गर्दै उनले परिवर्तनका आकांक्षीले आँखा टोलाएर बसेको बताएका छन ।

उनले विगत १० वर्षदेखि पार्टीमा लागेका कार्यकर्ताको भविष्य सुरक्षित गर्ने जिम्मेबारी आफ्नो काँधमा भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us