भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति

काठमाण्डु टुडे २०७९ चैत २२ गते १३:११ मा प्रकाशित

काठमाण्डु, २२ चैत– नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन ।

मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि आज एक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो आपत्ति जनाएका हुन ।

उनले देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको बताएका छन । उनले नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us