एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २२ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, २२ चैत– प्रहरीले मोरङबाट नक्कली एसईई परीक्षा दिने परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेकी छिन ।

आज (बुधबार) अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट उनलाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिएका छन् ।

उनले कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us