कांग्रेसले उपनिर्वाचनमा तनहुँ र चितवनमा दुई महामन्त्री खटायो

काठमाण्डु टुडे २०७९ चैत १९ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १९ चैत– कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको एक नेताले बताएका छन ।

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ जाने भएका छन । महामन्त्री थापासँग केन्द्रीय सदस्य उमेशजंग रायमाझी पनि तनहुँ जाने भएका छन ।

महामन्त्री थापाले गोविन्दराज जोशीलाई भट्टराई पक्षमा समर्थन गराउने प्रयास गरिरहेका छन् । यस्तै अर्का महामन्त्री शर्मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन चितवन जाने भएका छन ।

शर्मासँग सह–महामन्त्री महालक्ष्मी उपाध्याय चितवनको उम्मेदवारी कार्यक्रममा सहभागी हुने भएका छन । दुवै महामन्त्रीले मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us