
काठमाण्डु,१८ चैत– माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् ।
आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाण्डु सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका छन ।
उनले आफ्नो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिावबकीय भूमिकामा रहने सोचाई भएकोले वैशाख १० गते हुने उपर्विाचनमा उम्मेदवार नहुने जानकारी दिएका छन ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन, ‘मेरो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिभावकीय भूमिकामा रहने सोचाई भएकोले म आगामी वैशाख १० गते हुन गैरहेको उपनिर्वाचनमा तनुहँ जिल्ला क्षेत्र नम्बर १ को उम्मेदवार नहुने घोषणा गर्दछु ।’
नेकपा माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव समेत रहेका ढकालले अबको पार्टी र राजनैतिक आन्दोलनको नेतृत्व युवा पंक्तिबाट हुनुपर्ने भन्ने आफ्नो मान्यता रहेको बताएका छन ।
उनले पार्टीका तर्फबाट हुने युवा उम्मेदवारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।