
काठमाण्डु ,१७ चैत- भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महत रहेका छन। आज बिहान करीब ८ बजेर जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।
उनलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगेकोमा थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा आज बिहान ९ बजेर उनको मृत्यु भएको प्रहरीले जनायको छ।