
काठमाण्डु,१७ चैत– माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने पक्का भएको छ । माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिएका छन । बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती उनले बताएका छन ।
बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए ।
पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।