
काठमाण्डु,१६ चैत– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ ।
बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरुले जानकारी दिएका छन । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ ।
जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने निश्चित छ । कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारी गरेको छ ।
कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।