दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः मन्त्री शर्मा

काठमाण्डु टुडे २०७९ चैत १५ गते १५:२९ मा प्रकाशित

काठमाण्डु,१५ चैत सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन ।

आज (बुधबार) काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको बताएकी छन ।

उनले अब १ र २ दिन भित्रै यसले पूर्णता पाउने बताइन् । मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको बताएकी छन ।

उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनु भएको छ । र, सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिवकरिव अन्तिम अवस्थामा आएको छ ।

अव मलाई लाग्छ–आजभोली १र२ दिनमै सरकार विरताले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ ।

यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो ने सबै भन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us