
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यालय आलोकनगरमा आज बुधबार दिउँसो साढे १ बजे बस्नेगरी नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको एक नेताले जानकारी दिएका छन । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।
प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका स्रोतले बताएको छ । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ ।