
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादीलाई भौतिक सहित वन र श्रम मन्त्रालय दिने बताएका छन् । तर, अध्यक्ष माधव कुमार नेपालले वनको साटो कृषि मन्त्रालय मागेको स्रोतले जानकारी दिएको ।
यद्यपि तीन वा दुई मन्त्रालय भन्नेमा ठोस सहमति नभएपनि आज बेलुकासम्म एक जनाको नाम भने दिन प्रचण्डले नेपाललाई आग्रह गरेका छन् । सोहीअनुसार समाजवादीले आजै सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।