
काठमाण्डु,१५ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन ।
आज (बुधबार)देखी काठमाण्डु महानगरको आयोजनामा सुरु भएकको न्यायिक सम्मेलनमा उनले यस्तो बताएका हुन । मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।
उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने बताएका छन । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाण्डु आउनु नपरोस् ।’
भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् । सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाण्डु घोषणापत्र समेत जारी गर्ने कार्यक्रम रहेको छ ।